कास्कीमा ३ जना गाँजासहित प्रकाउ
पाेखरा | चैत २५, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित ३ जनालाई प्रकाउ गरेको छ । प्रहरीले कास्कीको विभिन्न स्थानबाट ३ जनालाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।
प्रहरीले पोखरा महानगरपालिका–२७ तालचोकमा शनिबार बिहान पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँज गर्ने क्रममा गोरखाका २४ वर्षीय मदन नेपालीलाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।
प्रहरीले पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँज गर्ने क्रममा गोरखा घर भएका नेपाली सवार कारबाट ९ किलो ८ सय ग्राम गाँजा प्रकाउ गरेको हो ।
प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट लागूऔषध गाँजासहित २ जनालाई प्रकाउ गरेको छ ।
पोखरा मालेपाटनका ३७ वर्षीय हेमन्त भट्टराई र सराङकोट घर भएका २५ वर्षीय बिनोद थापालाई प्रहरीले प्रकाउ गरेको हो । प्रहरीले उनीहरु सवार ग १४ प २४३ नम्बरको मोटरसाइकलसहित ४ केजी १ सय ग्राम लागूऔषध, १० हजार ५ सय नगद र २ थान मोबाईलसहित प्रकाउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिए...
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

